Page header hundai
  • श्याम पोखरेल, नेता, नेपाली कांग्रेस, पर्सा 


    ०  राजनीतिक रूपमा आफूलाई कसरी चिनाउनु हुन्छ ?
    – म पर्सा नेपाली कांग्रेसको सक्रिय कार्यकर्ता हुँ । यसअघि म  जिल्ला समितिमा सधैं रहँदै आएको हुँ, तर यसपटक छैन । म पुस्तौंदेखिको कांग्रेस हुँ । म २०२७ सालदेखि नै कांग्रेसमा आबद्ध छु । नेपाली कांग्रेस प्रतिबन्ध हँुदा पनि म कांग्रेस जिल्ला सभापति भएको हुँ । कुनै समय वीरगन्ज नगर समितिको सभापति भएर काम पनि गरेको हुँ । जिल्लाको सचिव, कोषाध्यक्ष सबै जिम्मेवारीमा रहेर काम गरें । राजनीतिमा लागे बुझेदेखि म कांग्रेसमै छु, रहिरहन्छु । 

    ० तपाईको पिताजी पनि नेपाली कांग्रेसका नेता हुनुहन्थ्यो नि ?
    – हो, उहाँकै प्रेरणा छ हामी नेपाली कांग्रेसको राजनीतिमा आउनुमा । उहाँ २००७ सालको क्रान्तिदेखि नै राजनीतिमा संलग्न हुनुहुन्छ । २००७ सालको क्रान्तिमा उहाँ सक्रिय सहभागी हुनुभयो । अहिले पनि सक्रिय नै हुुनुहन्छ । उहाँको उमेर पनि धेरै भइसकेको छ । अहिले उहाँ ९५ वर्षको भइसक्नु भएको छ, तर पनि उहाँ राजनीतिमा उत्तिकै चासो राख्नुहुन्छ, सक्रिय रहन चाहनु हुन्छ । 
    मेरा बुवा प्रेमनाथ शर्मा नेपाली कांग्रेसका बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराईलगायतका नेताहरूको समकालीन हुनुहुन्छ । उहाँ पेसाले वकिल पनि हो । उहाँ इमान्दार वकिलका रूपमा चिनिनु हुन्छ । उहाँले कति पुरस्कार, कति सम्मान पाउनुभयो, त्यसको लेखाजोखा नै छैन । उहाँ पर्सा कांग्रेसको पिल्लर नै हो ।

    ० राजनीतिक परिवारको सक्रिय नेता हुनु हँुदो रहेछ, आफैं चाहिँ चुनाव लड्ने सोच बनाउनु भएन ?
    – हाम्रो परिवारले पद र सम्मानका लागि राजनीति गरेको होइन । त्यसको अर्थ जिम्मेवारीबाट पन्छिने पनि होइन । प्रतिबन्धितकालमा त सक्रिय भइयो भने अहिले आप्mनो ठाउँको विकास निर्माण र समृद्धिका नलाग्ने भन्ने होइन । मैले प्रदेश सभा या संसद्को चुनावमा लड्ने विचार गरेको छु । सुरुमा यसपटक मेरो नाम पनि चर्चामा आएको थियो, तर मैले सुरुमै स्थानीय चुनावमा लड्दिनँ भने ।

    ० वीरगन्ज महानगरमा कांग्रेसको प्रतिस्पर्धा कोसँग हुन्छ ?
    – अहिलेसम्मको स्थिति हेर्दा कांग्रेसको प्रतिस्पर्धा राष्ट्रिय जनता पार्टी नेपालसँग हुने देखिन्छ । राजपामा पनि अहिले विवाद छ । विमल श्रीवास्तव र राजेशमान सिंह दुवै मेयरका आकांक्षी हुन् । उनीहरू मिलेर चुनाव लड्ने कुरा पनि आएको छ । मिलेर चुनाव लडे भने उनीहरूसँग हाम्रो प्रतिस्पर्धा हुन्छ । मिलेनन् भने कसैसँग प्रतिस्पर्धा हँुदैन, सजिलै हामी जित्छौं । अरु दलभन्दा हामी निकै अगाडि छौं । अरु दलमा राजनीतिक संस्कार भएका नेताहरू उम्मेदवार भएका छैनन् । एमालेबाट कहिले माओवादी हुँदै पार्टी फेरिरहने प्रवृत्तिका बसिरुद्धिन अन्सारी उम्मेदवार भएका छन् । फोरमबाट पनि त्यस्तै उम्मेदवार छन् । व्यापारिक प्रवृत्तिका उम्मेदवार छन् । उनी मधेस आन्दोलनमा कहिल्यै सहभागी भएनन् । त्यसबेला उनी काठमाडौंसम्म अवैध माध्यमबाट तेल पठाउने काममा लागेका थिए । त्यसैले उनले पनि जित्ने स्थिति छैन । 

    ० वीरगन्ज महानगरपालिकामा एमालेसँग प्रतिस्पर्धा हुँदैन ?
    – वीरगन्ज महानगरपालिका १ र २ नम्बर क्षेत्रभित्र पर्छ । त्यसैले वीरगन्जमा सुरुदेखि नै कांग्रेसको वर्चस्व छ, तर हामीले आन्तरिक असन्तुष्टि व्यवस्थापन गर्न नसक्दा पराजय पनि भोगेका छौं । एमालेसँग हाम्रो प्रतिस्पर्धा हँुदैन । संविधानसभाको चुनावमा पर्सा १ र ४ मा कांग्रेसले नै जितको हो । सांगठनिक रूपमा एमाले व्यवस्थित रहे पनि उसको अवस्था नाजुक नै छ ।

    ० पर्सामा कांग्रेसले कति पालिका जित्ने अनुमान गरेको छ ?
    – पर्साका १८ पालिकामध्ये कम्तीमा १४ वटा हामी जित्छौं । पर्सा नेपाली कांग्रेसको प्रभाव भएको जिल्ला हो । पर्साका नेपाली कांग्रेसका सबै कार्यकर्ता एकजुट भएर लागेका छौं । खासगरी कांग्रेसले उठाएका उम्मेदवारप्रति पर्साका जनता धेरै आशावादी भएका छन् । हिजो (शुक्रबार) मात्र हामी एउटा सभामा गएका थियौ । त्यहाँ जनताको उपस्थिति देख्दा हामी निकै उत्साहित भएका छौं । अरु  पार्टीबाट धेरै कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । त्यो उत्साह हेर्दा पनि हामी जित्छांै भन्नेमा ढुक्का छौं ।  

    ० पर्सामा विगतको निर्वाचन परिणाम त तपाईले भनेजस्तो छैन नि  ?
    – यसपटक त्यस्तो गडबड छैन । त्यो बेलामा मेयरमा चुनाव नजिते पनि उपमेयरमा चुनाव जितेका हांै । तर यसपटक हामी मेयर, उपमेयरलगायतका सबै पदमा चुनाव जित्छौं । अहिले हामी धेरै उत्साहित भएका छौं । महानगरपालिकाको मेयरमा पार्टी सभापति अजय द्विवेदी र उपमेयरमा सम्मानित पुरानो नेतृ शान्ति कार्कीलाई उठाएका छौं । उहाँहरू दुवैजना राजनीतिमा योगदान पु¥याएको सम्मानित व्यक्ति हुनुहुन्छ, त्यसैले जित्नु हुन्छ ।

    ० द्विवेदी र कार्कीलाई जनताले कसरी चिन्छन् ?
    – वीरगन्ज महानगरपालिकामा मेयरमा उठ्नु भएका द्विवेदी र उपेमयरमा उठ्नु भएकी कार्कीको राजनीतिक पृष्ठभूमि वीरगन्जका  जनतालाई राम्रोसँग थाहा छ । उहाँहरू दुवै विगत लामो सयमदेखि नेपाली कांग्रेसको सक्रिय नेता हुनुहुन्छ । द्विवेदी विद्यार्थीकालदेखि नै संघर्ष गर्दै आउनुभएको छ । उहाँ पर्सा कांग्रेसका सभापति पनि हुनुहुन्छ । उहाँले सबैलाई समेट्नु भएको छ । उहाँ पाको राजनीतिज्ञ मात्र होइन, वीरगन्जमा निकै लोकप्रिय पनि हुनुहन्छ । उहाँको पुस्ता नै राजनीतिमा संलग्न छ । उहाँसँग राजनीतिक संस्कार छ । त्यस्तो व्यक्ति अरु पार्टीमा छैनन् । शान्ति कार्की पनि पाको राजनीतिज्ञ हुनुहुन्छ । उहाँ नेपाली कांग्रेसको महासमिति सदस्य र यसअघि  पार्टीको उपसभापति पनि हुनुहुन्थ्यो । 

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…