Page header hundai

  • मानिसले शताब्दीदेखि नै अमरत्वको बुटी खोजी गरिरहेको छ, यद्यपि अमरत्वको बुटी अहिलेसम्म हात परेको छैन । अमरत्वको बुटी नभेटिए पनि दीर्घजीवनको बरदान सबै चाहन्छन् । यहाँ ती पाँच देशको चर्चा गर्न खोजिएको छ, जहाँ संसारका अन्य मुलुकमा रहेका मानिसको औसत आयुभन्दा बढी छ । आममानिसको औसत आयु ७१ वर्ष हो । यी पाँच देशका नागरिक आममानिसको औसत आयुभन्दा बढी बाँच्छन् । यसको राज के हो ? सन् २०१७ मा विश्व प्रशन्नताको रिपोर्ट सार्वजनिक गरिएको थियो । दीर्घजीवन बाँच्ने ती देशका नागरिकसँग कुराकानी गरेर रिपोर्ट तयार पारिएको थियो । उनीहरूसँग दीर्घजीवनको राज के हो भनेर सोधिएको थियो ।

     
    जापान
    जापानको औसत आयु ८३ वर्ष हो । त्यहाँको दक्षिण द्वीप समूह ओकिनावा वर्षौंदेखि दीर्घजीवनसँग जोडिएको अनुसन्धान केन्द्रको मूल थलो नै बनेको छ । अमर देश उपमा पाएको यो द्वीप समूहमा अहिले पनि चार सयभन्दा बढी नागरिक सय वर्ष नाघेका छन् । यसको श्रेय खानपानलाई दिइएको छ । त्यहाँको टोफु, सकरखण्ड, केही मात्रामा माछा र वृद्ध जापानीको सक्रिय सामाजिक संगठन र सुदृढ सामुदायिक भावना हो । सक्रिय र सुदृढ सामुदायिक भावनाले तनावको स्तरलाई कम गर्न मद्दत गरेको हुन्छ । लामो जीवन बिताउन त्यस ठाउँमा तपाईं जान चाहनु हुन्छ भने जापानी भाषा सिक्न अनिवार्य छ । लामो समयदेखि जापानलाई कार्यथलो बनाएका बेलबेल मिडियोका कार्यकारी प्रमुख डेनियल गेटी भन्छन्, ‘जापानको जीवनशैल अद्भूत छ, त्यसैले त्यहाँका नागरिकसँग घुलमिल हुन्, समुदायसँग तालमेल गरेर बस्न जापानी भाषा जान्नु अत्यन्त जरुरी छ ।’

    स्पेन
    दीर्घजीवनका लागि स्पेनको कुरा गर्ने हो भने स्वास्थ्य मुटुका लागि जैतुनको तेल, सागसब्जी र वाइनले भरिपूर्ण हुन्छ, यो भूमध्यसागरीय देशको भोजन । स्पेनवासीको औसत उमेर ८२ दशमलब ८ वर्ष हो । यसका लागि खानपानको योगदान महत्वपूर्ण छ । यहाँको अर्को विशेषता दिउँसो मध्याह्न एक झपक मीठो निद्रा । स्पेनका पसल दिउँसो २ देखि ५ बजेसम्म बन्द रहन्छन् । त्यहाँको कामको समयसीमा नै यसरी विनियोजन गरिएको हुन्छ, जहाँ दिउँसो एक झमक सुत्नै पर्ने हुन्छ । बार्सिलोनाको ग्रेलाइन टुरगाइडका माइकल एन्जेल डियाज बेसोरा भन्छन्, ‘यदि तपाईंको लगातार काम छ भने बीचमा आधा घन्टा खानालाई समय पाइन्छ । हतार हतार खाना खाएर पुनः काममा जुट्छ । हतारमा खाना खानु स्वास्थ्यकर मानिन्छ । यसका साथै स्पेनवासी पैदल हिँड्न र साइकलमा यात्रा गर्न धेरै मन पराउँछन् । आममानिसको पसल वा खाना खाने रेस्टुराँ घर नजिकै भएकाले हिँड्न र साइकलमा उनीहरू रमाएका हुन् । बार्सिलोनाकी मारिना भन्छिन्, ‘पैदल हिँड्दा र साइकल चलाउने बानीले स्पेनवासीलाई जहिले पनि स्वास्थ्य र फ्रेस राखेको छ । 

    सिंगापुर
    नागरिकले विश्वस्तरीय चिकित्सा सुविधा पाएका सिंगापुरवासीको औसत आयु ८३ दशमलब १ वर्ष हो । यो देशमा मातृ र शिशुमृत्युदर लगभग शून्य छ । रोगको रोकथाम त्यहाँको चिकित्साशास्त्रको मुख्य फोकस हो । 
    सिंगापुरको संस्कृति र सहरी सुविधा आमनागरिकसम्म सजिलै पुगेको छ । यो नै त्यहाँका नागरिकको दीर्घजीवनको महत्वपूर्ण रहस्य हो । सिंगापुरवासी बिनो चुआ भन्छन्, ‘त्यहाँका धेरै नागरिक जिम गइरहेको देख्न पाइन्छ । त्यहाँको सार्वजनिक पार्क भरिभराउ हुन्छ, आममानिसहरू कसरत गरिरहेको भेटिन्छ । हालै मात्र देशमा पहिलो पटक थेरापी पार्क खोलिएको छ । यसबाट तनाव कम गर्ने र वृद्धवृद्धाको मानसिक स्वास्थ्यमा सुधार राख्न ध्यान दिइन्छ । उनीहरूको स्वास्थ्यलाई ध्यानमा राखेर यो डिजाइन गरिएको हो । त्यहाँको आदत पालना गर्नु निक्कै महँगो मानिन्छ । चुरोट र रक्सीमा धेरै कर लगाइएको छ । अन्य देशको तुलनामा त्यहाँ चुरोट र रक्सी धेरै महँगो पर्छ ।

    स्विटजरल्यान्ड
    युरोपको सर्वाधिक सम्पन्न मुलुक स्विटजरल्यान्डका पुरुष सबैभन्दा बढी दीर्घजीवन बिताउँछन् । उनीहरूको औसत आयु ८१ वर्षको छ । सुविधा सम्पन्न चिकित्सा सेवा, सुरक्षा र आत्मविश्वासले उनीहरूको दीर्घजीवन भएको बताइन्छ । त्यसो त स्वीस भोजनमा चीज र दुग्ध उत्पादनको बढी प्रयोग हुन्छ । यही दुग्ध उत्पादन उनीहरूको लामो आयु भएको कारक मानिन्छ । स्विटजरल्यान्डमो धेरै अन्तर्राष्ट्रिय संघ–संस्थाको मुख्य कार्यालय छ । त्यहाँ संसारभरिकै मानिसहरू काम गर्छन् । यी व्यक्तिको फोकस त्यही नै भविष्य निर्माणमा केन्द्रित हुन्छ । साताको बिदा मनाउन युरोपका धेरै मानिस स्विटजरल्यान्ड पुगेका हुन्छन् । सुन्दर पहाड आल्प्सको सौन्दर्यमा रमाउँदा तनाव कम हुन्छ भन्ने भनाइ छ । स्विटजरल्यान्डकी चुकी गेन्टी भन्छिन्, ‘स्विटजरल्यान्डमा संसारकै राम्रा निजी स्कुल छन्, जसले गर्दा युवा दम्पती त्यहाँ बस्न रुचाउँछन् । 

    दक्षिण कोरिया
    हालैको एउटा अनुसन्धानअनुसार दक्षिण कोरियाका नागरिक औसत ९० वर्षको आयु बाँच्छन् । संसारकै बढी बाँच्ने नागरिक दक्षिण कोरियामा छन् । बलियो र प्रगतिशील अर्थव्यवस्थाले नागरिकलाई दिएको स्वास्थ्य सुविधा यसको महत्वपूर्ण पक्ष हो । पश्चिम देशका नागरिकको तुलनामा कोरिनको रक्तचाप कम पाइन्छ । दीर्घजीवनको रहस्य त्यहाँको भोजन नै हो । चिल्लो र बोसोरहित भोजनले कोलेस्ट्रोल कम हुनुका साथै रोगप्रतिरोधक क्षमता बढ्छ । यसले क्यान्सरको रोकथाम पनि हुन्छ । सामुदायिक संस्कृतिलाई जोड दिइएको त्यहाँको परम्परालाई नागरिकले आत्मसात गरेका छन् । कोरियन नागरिकको दैनिकीले आत्मबल प्रदान गर्छ । यसका साथै त्यहाँका नागरिक बौद्ध दर्शनबाट प्रभावित जीवनशैली अपनाउँछन्, जसले शान्ति र सन्तोषलाई विशेष महत्व दिन्छ । उनीहरू व्यक्तिवादीभन्दा सहयोग भावनालाई प्राथमिकता दिन्छन् । दीर्घजीवनका लागि यी देशका नागरिकबाट अरुले पनि सिक्न सक्छन् ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…