Page header hundai

  • दोस्रो विश्वयुद्धका बेला जापानी पनडुब्बीको चपेटामा परेर डुबेको ठूलो जहाज युएसएस इन्डियानापोलिस ७२ वर्षपछि प्रशान्त महासागरमा भेटिएको छ । यो युद्धपोत १८ हजार फिट (पाँच दशमलव पाँच किलोमिटर समुद्रको फेदमा भेटिएको थियो । इन्डियानापोलिस आफ्नो गोप्य मिसनबाट फर्कदै गर्दा नष्ट गरिएको थियो । उसको गोप्य मिसन परमाणु बम ओसार–पसार गर्नु थियो । भनिन्छ, जापानको हिरोसिमामा प्रयोग भएको परमाणु बम पु¥याएर फर्कदै गर्दा उक्त जहाजलाई नष्ट गरिएको थियो । 
    त्यसबेला जहाजमा ११ सय ९६ जना थिए । तीमध्ये तीन सय १६ जनालाई मात्र बचाउन सकिएको थियो । अमेरिकी नेभीको इतिहासमा यो नै सबैभन्दा धनजनको क्षति भएको घटना थियो । युएसएस इन्डियानापोलिस ३० जुलाई १९४५ मा फिलिपिन्स समुद्र नजिक गुआम र लायतको बीचमा नष्ट गरिएको थियो । जापानी पनडुब्बीले बम गोलाबारुदले हानेर समुद्रमा डुबाइदिएको थियो । 
    यो घटनामा झन्डै आठ सयदेखि नौ सय मानिस डुब्दै गरेको जहाजबाट बाहिर निस्कन सफल भएका थिए । यसैबेला कुनै संकटकालीन सञ्चार मुख्य कार्यालयमा पुग्न सकेन । घटना भएको चार दिनपछि तीन सय १६ जनालाई जिउँदै भेटियो । जुन क्षेत्रमा ती व्यक्तिलाई भेटियो, त्यहाँ सार्क प्रभावित थियो ।
    सो जहाज १२ मिनेटमा डुबेको थियो, जसले गर्दा संकटकाल सञ्चार पुग्न सकेन । सञ्चारको अभाव भएकाले जहाज डुबेको क्षेत्रमा पुग्न समस्या उत्पन्न भयो । एलेनको टिम १८ अगस्टमा जहाज खोज्न निस्क्यो । नेभीको इतिहासमा अनुसन्धानकर्ताहरूले उक्त महासागरमा एउटा जहाज नष्ट भइरहेको यस अगाडि एउटा मात्र देखेका थिए, जसले गर्दा इन्डियानापोलिसलाई खोज्न समस्या परेको थियो । इन्डियानापोलिस जहाज आफ्नो गोप्य मिसनका लागि चर्चित थियो । उक्त जहाजमा परमाणु बम ‘लिटिल ब्वाय’ का पार्टसका साथै त्यसमा उपयोग हुने न्युक्लियर रिएक्सनका लागि युरेनियम फ्युलसमेत लगिएको थियो । 
    विश्वयुद्धको अन्तिम वर्ष यो सप्लाइ तिनिआन आइल्यान्डस्थित अमेरिकी बेसमा पु¥याइएको थियो, जसबाट संसारकै पहिलो परमाणु आक्रमण गरिएको थियो । डुब्नेभन्दा अगाडि इन्डियानापोलिसले हेरोसिमालाई ध्वस्त पारिसकेको थियो । यसको साथै ‘फ्याट म्यान’ नामको बम नागासाकीमा समेत झारिसकेको थियो, जुन आक्रमणपछि जापान आत्मसमर्पण गर्न बाध्य भयो र दोस्रो विश्व युद्ध अन्त्य भएको घोषणा गरिएको थियो । 
    ऐलनले भने, ‘दोस्रो विश्वयुद्धका बेला महत्वपूर्ण भूमिका निर्वाह गर्ने युएसएस इन्डियानापोलिसका बहादुर मानिस र उनका परिवारलाई सम्मान गर्नु महत्वपूर्ण हो । अविछिन्न रूपमा अघि बढेको अमेरिकालाई विश्व विजयी बनाउन हामी सबै नागरिक, जहावको क्रु मेम्बरलगायतका व्यक्तिहरूको हिम्मत र बलिदान महत्वपूर्ण छ ।’ 
    अध्ययन गर्ने टोलीले सार्वजनिक गरेको अभिव्यक्ति अनुसार युएसएस इन्डियानापोलिस अमेरिकी नेभीको सम्पत्ति हुनेछ । यसलाई अब संरक्षण गर्न युद्ध स्मारकमा रूपान्तरण गर्नुपर्छ । त्यो जहाजबाट बाँचेर फर्केका २२ जना अहिले पनि जीवितै छन् । टोली प्रवक्ताले भने, ‘सबैको पर्खाइ त्यही थियो, जहाज कहिले भेटिन्छ ।’ अनुसन्धानका लागि प्रयोग भएको यो जहाज विशेष गरी यही उद्देश्यका लागि निर्माण गरिएको थियो । यसमो १६ जना क्रु मेम्बर बस्ने स्थान छ । यसभन्दा अगाडि उनीहरूले जापानी युद्धपोत मुसासी र इटालीको नेभव्को एउटा जहाज पनि पत्ता लगाएका थिए । दुबै दोस्रो विश्व युद्धको समयमा समुद्रमा डुबेका थिए ।
     

Ghar Bheti Animal Nepal
  • प्रदेश र संघमा दाबी गर्नेहरू प्रचारमा

    बेसीसहर । नेपाली कांग्रेसको प्रभाव क्षेत्र मानिए पनि स्थानीय तहको निर्वाचनमा एमाले–माओवादी केन्द्र गठबन्धनले बाजी मारेको लमजुङ जिल्लामा प्रदेशसभा र…

  • अमेरिकाको गम्भीर चेतावनी

    काठमाडौं । उत्तर कोरियाले परमाणु बम परीक्षण गरिरहेका बेला त्यसको कूटनीतिक असर नेपालमा पनि देखिन थालेको छ । ठूला देशहरूको…

  • यिनै वरिष्ठले देखाए कमाल

    काठमाडौं । प्रदेश नम्बर २ का आठ जिल्लामध्ये नेपाली कांग्रेसले सबैभन्दा ठूलो क्षति सिरहामा बेहोरेको छ । कोषाध्यक्ष सीता यादव,…

  • मध्यपूर्वी पृतनामा भारत र अमेरिका !

    काठमाडौँ । नेपाली सेनाले बर्दिबासबाट थोरै पूर्व धनुषाको धारापानीमा नयाँ पृतना खडा गरेको छ । अमेरिकी सेनाले सेनाको एयर बेस…

  • देउवा फर्किएलगत्तै केन्द्रीय समिति बैठक

    काठमाडौं । महान चाड बडादशैंको उल्लाससँगै सिंगो मुलुक महाचुनावमा होमिइसकेको छ । आगामी मंसिर १० र २१ गते एकैपटक दुई…

  • ओलीले ‘ब्ल्याक मेलिङ’ गरेको माधवको आरोप

    काठमाडौं । एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपालबीच केन्द्रीय समितिको बैठकमा जुहारी चलेको छ । पार्टी विधि,…

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…