Page header hundai

  • काठमाडौं । झन्डै आधा दर्जनजति खेलकुदमा जिम्मेवारी ओगटेका टेन्डी शेर्पालाई सम्पूर्ण जिम्मेवारीबाट हटाउन युवा तथा खेलकुद मन्त्रालयले खेलकुद परिषद्लाई पत्रचार गरेको छ । गत सोमबार शेर्पालाई जिम्मेवारी मुक्त गर्न मन्त्रालयले लेखेको थियो । उक्त पत्रको दर्ता नम्बर ७११ रहेको हो ।
    शेर्पा राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष, ओलम्पिक कमिटीका महासचिव र नेपाल बास्केटबल संघका अध्यक्ष हुन् । एमाले क्याडर शेर्पालाई उनले लिएका सबै जिम्मेवारीबाट अलग गर्न मन्त्रालयले परिषद्लाई पत्राचार गरेको हो । 
    शेर्पा संलग्न रहेको भन्सारसम्बन्धी मुद्दा अदालतमा चलिरहेकोले सो मुद्दाको किनारा नलागेसम्म उनले लिएको सबै प्रकारका जिम्मेवारीबाट अलग गर्न मन्त्री स्तरबाट भएको निर्णय बमोजिम मन्त्रालयले खेलकुद परिषदलाई निर्देशनात्मक पत्राचार लेखेको हो । मन्त्रालयले पठाएको पत्र परिषद्ले कानुन शाखामा पठाएको बुझिएको छ । खेलकुदमा एमाले कार्यकर्ताको हालिमुहाली छ, सदस्यसचिव केशवराज विष्ट पनि एमाले क्याडर हुन् । उनले टेन्डीलाई बचाउने प्रयत्न गरिरहेका छन् । यदि प्रयत्न सफल नभए केही दिन भए पनि ढिलो गर्ने मनस्थितिमा सदस्यसचिव विष्ट रहेको बुझिएको छ । 
    स्मरणीय छ, खेलसम्बन्धी एक अन्तर्राष्ट्रिय कार्यक्रममा भाग लिएर हङकङबाट स्वदेश फर्कंदा शेर्पा अवैध रुपमा ल्याएको सुनसहित विमानस्थलमा पक्राउ परेका थिए । तस्करीमा उनको संलग्नताबारे अदालतमा मुद्दा चलिरहेको छ ।
    अदालतमा मुद्दा चलिरहेको भए पनि यसअघिका युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले मौन बसेका थिए । माओवादी केन्द्रबाट खेलकुद मन्त्रालय सम्हाल्न पुगेका तत्कालीन मन्त्री श्रीपाली आर्थिक प्रलोभन परेर शेर्पालाई उन्मुत्ति दिइएको बताइन्छ ।

    ओलम्पिकको फैसला १७ गते
    विगत ८ महिनादेखि तालाबन्दी भइरहेको ओलम्पिक कमिटीको आधिकारिक विवादको छिनोफानो सर्वोच्च अदालतले भदौ १७ गते गर्ने भएको छ । आधिकारिक विवाद जटिल भएकाले सर्वोच्चको फुल बेन्चले निर्णय गर्ने बताइएको छ । जीवनराम श्रेष्ठ अध्यक्ष रहेको ओलम्पिक कमिटीलाई अन्तर्राष्ट्रिय मान्यता प्राप्त छ भने रुक्मशमशेर राणा कमिटीले आफू आधिकारिक भएको दाबी गरेको छ । 
    सर्वोच्च अदालतले राणा कमिटीलाई ब्यूताइदिएपछि आधिकारिकता विवाद सिर्जना भएको थियो । राणा कमिटीले आफू आधिकारिक भएकाले ओलम्पिक कमिटीको कार्यालय कब्जाशैलीमा विगत ८ महिनादेखि तालाबन्दी गरिरहेको छ ।

  • ईश्वर पोखरेल छक्किए : मन्त्रीका लागि एमालेमा दुई दर्जन नाम

    काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले महासचिव ईश्वर पोखरेललाई छक्याउँदै लालबाबु पण्डित र थममाया थापालाई मन्त्री बनाएपछि पार्टी अध्यक्षप्रतिको विश्वास संकट…

  • त्रिभुवन विमानस्थलका हाकिम क्याफे साहूको मोहजालमा

    काठमाडौं । आमजनताको सेवा र भलाइका लागि प्रयोग गर्नुपर्ने सरकारी जमिन र भवन दलालहरूको कब्जामा पुगेको छ । अदालत र…

  • चन्दको नेतृत्वमा छुट्टै पार्टी खोलिँदै

    काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा फेरि विभाजनको संघारमा पुगेको छ । पूर्वप्रधानमन्त्री एवं पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा ठूलै समूहले…

  • प्रचण्डले भने, हामी भारतीय चंगुलमा फस्यौं

    काठमाडौं । आफूलाई भारतले आवश्यकभन्दा बढी महत्व दिएको  भन्दै यसको रहस्यबारे प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्ना निकटस्थ परराष्ट्र मामिला विज्ञसँग छलफल…

  • मोदी नभेटी फर्के पूर्वराजा

    काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्ने पूर्वराजा ज्ञानेन्द्र शाहको योजना विफल भएको छ । मोदीसँग भेटघाट गरी राजसंस्था…

  • माधव पक्ष जवाफको तयारीमा

    काठमाडौं । भुसको आगो झैँ भित्रभित्रै फैलिरहेको एमालेको आन्तरिक द्वन्द्व मुख्यमन्त्रीको चयनसँगै सतहमै प्रकट भएको छ । एमालेले सात प्रदेशमध्ये …

  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…