Page header hundai

  • काठमाडौं । राप्रपा (प्रजातान्त्रिक) आफ्नो पार्टीका तर्फबाट सरकारमा सामेल हुने चार मन्त्री र चार राज्यमन्त्रीको नाम छनोट गर्ने गृहकार्यमा जुटेको छ । अध्यक्ष पशुपतिशमशेर राणाको निवासमा भएको छलफलमा चारजना मन्त्रीहरूको टुंगो लागे पनि आकांक्षी धेरै भएका कारण राज्यमन्त्रीको टुंगो लाग्न सकेको छैन ।
    समाचार स्रोतका अनुसार सुनिल थापालाई उद्योग, दीपक बोहोरालाई वन, विक्रम पाण्डेलाई विज्ञान प्रविधि र रामकुमार सुब्बालाई शान्ति मन्त्रालय दिने गरी सिफारिस गर्ने टुंगो लागेको छ । यसैगरी, चारजना राज्यमन्त्रीमा विराज विष्ट, बबिना मोक्तान, रेशम लामा, रमेश लामा, इस्तियाक मुसलमान गरी पाँचजनाको नाम अघि सारिएको छ । राप्रपाबाट मन्त्री र राज्यमन्त्री गरी आठजना थपिएपछि वर्तमान मन्त्रिपरिषद् इतिहासकै सबैभन्दा ठूलो हुनेछ । आफ्नो पक्षका सांसदहरूलाई अड्याउन केहीलाई सहायक मन्त्री पनि बनाउनुपर्ने अवस्था आउन सक्ने भन्दै अध्यक्ष राणाले नेपाली कांग्रेसलाई अवगत गराएका छन् ।
    राणा पक्षमा कमला देवी शर्मा, गीता सिंह, सुनिलबहादुर थापा, सीता लुइँटेल ज्ञवाली, सयन्द्र बान्तवा, विराज विष्ट, बबिना मोक्तान लावती, दिपक बोहरा, रेशमबहादुर लामा, रामकुमार सुब्बा, धानो महरा, रमेशकुमार लामा, विक्रम पाण्डे, राज्यलक्ष्मी श्रेष्ठ, इस्तियाक अहमद खान, लक्ष्मी थापा पासवान लगायत १८ जना सांसद छन् ।

Ghar Bheti Animal Nepal
  • देउवाका चुनौती कम र अवसर धेरै

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संसद्को करिब दुई तिहाइ मत प्राप्त गरी  चौथो पटक मुलुकको प्रधानमन्त्री बनेका छन् । चार–चारपटक…

  • प्रस्तावित राजदूतको संसदीय सुनुवाइ

    काठमाडौं । व्यवस्थापिका संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतहरु क्रमशः द्वीपकुमार उपाध्याय र पूर्व मुख्यसचिव लीलामणि…